काठमाडौं असार, ३०–
नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल पुलिस क्लवबिच सम्झौता भएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बिभिन्न कार्यहरुमा सहयोग गर्दे आएको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत बैंकले महिला बास्केटबल टिमको प्रायोजन गर्ने सम्वन्धमा पुलिस क्लवसंग सम्झौता गरेको हो ।
सम्झौता अनुसार बैकले नेपाल पुलिस क्लव अन्र्तगतको महिलो बास्केटबल टिमको लागि प्रायोजनकस्वरुप १८ लाख रुपैयाँ उपलब्ध गराउने छ । बैंकले हाल ८० वटा शाखा, एक सय १५ वटा एटिएम काउन्टर, १४ वटा एक्सटेन्सन काउन्ट, १० वटा राजश्व संकलन काउन्टर मार्फत बित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।