शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

काठमाडौंका मेयर बालेनका पिताको निधन

सोमबार, मंसिर १५ २०८२

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका पिता रामनारायण शाहको निधन भएको छ।

उनी आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए र भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

अस्पतालका स्रोतका अनुसार, उनको पिसाबमा संक्रमण फैलिएका कारण शरीरमा जटिल समस्या देखा परेको थियो।

सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि शाहलाई भेट्न अस्पताल पुगेकी थिइन्।