पोखरा । “हामी नेपाली” अभियानका संयोजक सुदन गुरुङले आफ्नो पोखरा भ्रमणलाई लिएर नेकपा एमाले र केही अन्य समूहले अवरोध गर्न खोजेको आरोप लगाएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत गुरुङले आफूहरू पोखरा आउँदै गरेको खबर पाएपछि कार्यक्रम विथोल्ने प्रयास भइरहेको दाबी गर्नुभयो। उहाँले पोखरामा नयाँ पुस्ता ९जने(जी० को संगठन विस्तार र आम नागरिकसँग भेटघाटका लागि भ्रमण निस्किएको जानकारी दिए।
गुरुङले भने, “पोखरामा जेन–जी भाइबहिनीहरूको संगठन बलियो बनाउन र देशप्रेमी पोख्रेली आमा–बुबा, दाजुभाइ तथा दिदीबहिनीहरू भेट्न हामी पोखरा निस्कियौँ। तर, हामी आउने खबर पाएदेखि केही समूह र एमालेले कार्यक्रम विथोल्न अथक प्रयास गरिरहेको खबर पाएँ।”
उनले विगतमा पनि देशका लागि लडेर आएको स्मरण गर्दै गुरुङले कसैसँग सामना गर्न आफूहरू पछि नहट्ने चेतावनी दिए। “हामी हिजो देशका लागि लडेर आएका हौँ, आज अरूसँग सामना गर्न डराउने प्रश्नै छैन। हामी सधैं सत्य र देशको पक्ष उभिन्छौँ,” उनले भने ।
गुरुङले युवाहरूको आवाजसँग जोडिएर अझ बलियो हुने र गर्वका साथ झण्डा उठाएर पोखरा प्रवेश गर्ने योजनामा रहेको पनि जानकारी दिए।