बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विराटनगरमा आज नेकपाको ‘एकता सन्देश सभा’

सोमबार, मंसिर १५ २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आज कोशी प्रदेशको विराटनगरमा ‘एकता सन्देश सभा’ गर्दैछ।

एकताको संदेश तल्लो तहसम्म पुर्‍याउन सातै प्रदेशमा आयोजना भइरहेको श्रृंखलाबद्ध सभाअन्तर्गत आज विराटनगरमा विशाल जनसभा हुन लागेको हो।

जनआन्दोलन चोक उत्तरतर्फ रहेको पुरानो गुद्रीको खुला मैदानमा दिउँसो १२ बजेदेखि सभा शुरू हुने जनाइएको छ। कार्यक्रममा करिब १० हजारभन्दा बढी समर्थक सहभागी हुने नेकपा नेताहरूको दाबी छ।

सभालाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, भीम रावललगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

यसअघि नेकपाले सुदूरपश्चिमको धनगढी, लुम्बिनीको लमही र गण्डकीको पोखरामा ‘एकता सन्देश सभा’ गरिसकेको छ।