शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एनआरएनका दुई समूहबीच एकता, १२औँ महाधिवेशनका लागि सहमति

आइतबार, मंसिर १४ २०८२

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन) का दुई नेतृत्व समूह आज एकताबद्ध भएका छन्। बृहत एकता समारोहमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा महेश श्रेष्ठ र डा. बद्री केसीले एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरे।

पछिल्ला केही वर्षदेखि श्रेष्ठ र केसीको नेतृत्वमा क्रियाशील रहेको एनआरएनए मुलुकमा आएको नयाँ परिस्थितिमा दुवै पक्षले दश बुँदे सहमति गर्दै एकताबद्ध हुन तयार भएको हो। एकतापछि १७ अप्रिल २०२६ भित्र १२औँ महाधिवेशन आयोजना गर्ने सहमति पनि जुटेको छ।

केसी नेतृत्वको कार्यसमिति अब श्रेष्ठ नेतृत्वको एकता महाधिवेशनमा सहभागी हुने व्यवस्था तय गरिएको छ। महाधिवेशनलाई पारदर्शी र विश्वासयोग्य बनाउन ११ सदस्यीय स्टेयरिङ कमिटी गठन गर्ने निर्णय भएको छ, जसमा रहेका सदस्य १२औँ महाधिवेशनमा उम्मेदवार नहुने कुरा पनि सहमति भएको छ।

यसअघि एनआरएनको आधिकारिकता लगायतका मुद्दाहरूमा सबै पक्षले अदालतमा दायर गरेका मुद्दा फिर्ता गर्ने लगायत १० बुँदे सहमति पनि प्राप्त भएको थियो।