बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिन्धुलीमा बस–मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, एक गम्भीर

आइतबार, मंसिर १४ २०८२

सिन्धुली । मदन भण्डारी राजमार्गअन्तर्गत दुधौली नगरपालिका–२ गागनमा आज बिहान भएको बस–मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्को एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सवेदीका अनुसार पोखराबाट कटारीतर्फ गइरहेको यात्रीवाहक बस र डकाहाबाट झुगातर्फ आइरहेको मोटरसाइकल एक–आपसमा ठोक्किँदा मोटरसाइकल चालक दुधौली नगरपालिका–३ का २५ वर्षीय महेश कुमरको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका कमलामाई नगरपालिका–१४ चन्दनपुरका २५ वर्षीय दिपेश कुमरलाई दुधौली नगर अस्पतालमा उपचार गराइएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि फरार रहेका बस चालक उदयपुरको कटारी नगरपालिका–३ का श्यामकुमार भट्टराईको खोजी कार्य जारी रहेको प्रहरी कार्यालयले जानकारी दिएको छ ।