बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाली कम्युनिष्ट पार्टीले देशभर प्रदेशमा एकता सन्देश सभा गर्दै, यस्तो छ तालिका

शुक्रबार, मंसिर १२ २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले देशभर प्रदेशस्तरमा पार्टी एकता सन्देश प्रवाह गर्ने कार्यक्रम सुरु गरेको छ।

कार्यक्रमअनुसार पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालसहितका नेताहरू शुक्रबार धनगढी पुगेका छन्, जहाँ पहिलो सन्देश सभा आयोजना गरिएको थियो।

नेकपाले यसअघि नै अन्य प्रदेशहरूमा पनि समान कार्यक्रम सञ्चालन हुने तालिका सार्वजनिक गरिसकेको छ, र आगामी दिनहरूमा क्रमशः अन्य प्रदेशहरूमा पनि एकता सन्देश सभाहरू सञ्चालन हुनेछन्।

यस्तो छ तालिका

  •  लुम्बिनी प्रदेश – मंसिर १३ गते, बाँकेको बेउखुरी
  • गण्डकी प्रदेश – मंसिर १४ गते, पोखरा
  • कोशी प्रदेश – मंसिर १५ गते, विराटनगर
  • उपत्यका विशेष प्रदेश – मंसिर १७ गते, काठमाडौं (हल)
  • कर्णाली प्रदेश – मंसिर १८ गते, सुर्खेत
  •  संघीय सम्पर्क समन्वय प्रदेश – मंसिर १९ गते, काठमाडौं (हल)
  • मधेश प्रदेश – मंसिर २० गते, जनकपुर
  • प्रवासी प्रदेशहरू – मंसिर २१ गते, नेपाली समय अनुसार बेलुकी ६ बजे संयुक्त भर्चुअल कार्यक्रम
  •  बागमती प्रदेश – मंसिर २३ गते, हेटौंडा