बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मधेश प्रदेशका मुख्यमन्त्री यादवको नियुक्ति मुद्दामा आज पनि बहस निरन्तर

शुक्रबार, मंसिर १२ २०८२

काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति तथा शपथविरुद्ध परेको रिटमा बिहीबारबाट सुरु भएको कानुनी बहस आज पनि जारी रहने भएको छ। बिहीबार विपक्षी पक्षको बयान सकिन नसकेपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो र आज पुनः सुनुवाइ थपिनेछ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ।

कात्तिक २३ गते मुख्यमन्त्री नियुक्तिको विरोध गर्दै मधेश प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले मुख्यमन्त्री सरोज यादवको नियुक्ति र शपथविरुद्ध अदालतमा रिट दर्ता गराएका थिए।