रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दाको पेशी आज पुनः तोकिएको छ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आजका लागि सुनुवाइ मिति तोकिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए।
बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध आरोपमा थुनामा रहेका उनीहरूको मुद्दामा कात्तिक २० गतेको इजलासले ‘सुरु मिसिल’ मगाउन आदेश दिएको थियो। त्यसपछि अघिल्लो साता तोकिएको पेशी पनि लामिछाने पक्षका कानुन व्यवसायीको मागमा स्थगित भएको थियो।
कात्तिक २० गते न्यायाधीश बासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले मिसिल मगाउने आदेश दिएपछि, त्यसअघि कात्तिक १३ को पेशी छविलाल जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि स्थगित भएको थियो।
यसअघि न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले दुवै मुद्दा प्रकृतिमा समान भएकाले एकैसाथ सुनुवाइ गर्न आदेश गरेको थियो।
लामिछानेले बिगोअनुसारको रकम बुझाएर थुनामुक्त भएर मुद्दा लड्न अनुमति पाउन माग गरेपछि उच्च अदालतले रविसँगै जोशीको फाइल पनि पेश गर्न आदेश दिएको थियो। यसअघि अदालतले लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गर्न समेत आदेश दिएको थियो।