काठमाडौं । गायक, संगीकार तथा सर्जक गणेश गरुङको संगीत रहेको गुरुङ चलचित्र ‘रिजे नास’लाई राष्ट्रिय चलचित्र अवार्ड २०७५ प्रदान गरिएको छ । नेपाल सरकार, चलचित्र बिकास बोर्डद्वारा आयोजित राष्ट्रिय चलचित्र अवार्ड–२०७५ मा आदिवासी जनजाति चलचित्र अवार्ड गुरुङ भाषाको चलचित्र ‘रिजे नास’ (रन्जित गाउँ)ले जितेको छ ।
शुक्रबार राष्ट्रपति भवन सितल निवासमा चलचित्र बिकास बोर्डको आयोजनामा, राष्ट्रिय चलचित्र पुरस्कार तथा दिर्घजिबी साधना सम्मान कार्यक्रम, राष्ट्रपति बिद्यादेबी भण्डारी ज्युको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
सुचना तथा संचार मन्त्री, गोकुल बास्कोटा ज्युले स्वागत भासण गरेपछि शुरु गरिएको कार्यक्रममा पुरानो नायक, नायिकाहरु गौरी मल्ल, सरोज खनाल, शनि रौनियार, दिलिप रायमाझी, रमेश उप्रेती, जयकिशन बस्नेत, रेजिना उप्रेती आदिबाट नृत्य प्रस्तुत गरिएको थियो ।
३ बर्ष ७३, ७४ र ७५ सालको अवार्ड एकैचोटी बितरण गरिएको कार्यक्रममा यश बर्षको दिर्घजिवी सम्मान निर्देशक तुलसी घिमिरेलाई नगद रु ३,५१,००० सहित ताम्रापत्रले गरियो ।
उत्कृष्ट चलचित्र गोपि, उत्कृष्ट नायक बिपिन कार्की ‘प्रसाद’ उत्कृष्ट नायिका स्वास्तिमा खड्का बुलबुलले प्राप्त गरेको थियो । त्यसैगरी उत्कृष्ट आदिवासी जनजाति चलचित्रको अवार्ड गुरुङ फिल्म रिजे नासले गरेको थियो ।
२८ वटा आदिवासी चलचित्रको प्रतिस्पर्धामा रिजे नासले उत्कृष्ट हाँसिल गरेको हो । प्रतिस्पर्धामा, चर्चामा रहेको गुरुङ फिल्महरु सबन मुम्ले क्यु, स्यु रु ,फुङ आदि फिल्म सङको प्रतिस्पर्धामा रिजे नास सर्बोकृस्ट भएको हो ।
रिजे नास, प्रितम गुरुङको लेखन निर्देशनमा शम्सेर गुरुङको निर्माण, गणेश गुरुङको संगीत, मनाङ गुरुङको कोरियोग्राफी, जनक गुरुङको द्वन्द्व, खेम थापा मगरको सिनेमाटोग्राफीमा बनेको हो भने राजु गुरुङ, बल बहादुर गुरुङ, रेशम गुरुङ, सीता गुरुङ आदि कलाकारहरुको अभिनय रहेको छ ।