शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको समय आज सकिँदै

बुधबार, मंसिर १० २०८२

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा भाग लिन चाहने दलहरूको लागि दल दर्ता प्रक्रिया आज (मंसिर ११ गते) सकिँदैछ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने प्रक्रिया मंसिर १ देखि आजसम्म खुला राखिएको थियो। यस अवधिभित्र नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी लगायत ८० वटा दलले निर्वाचनमा भाग लिनका लागि दर्ता गराइसकेका छन्।

आयोगले दर्ता भएका दलहरूको विवरण मंसिर ११ देखि १८ गतेसम्म छानबिन गरी रुजु गर्नेछ। त्यसपछि मंसिर २० गते स्वीकृत दलहरूको नामावली सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ।