काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालय गौरीगञ्ज, झापाका तत्कालीन प्रमुख चूडामणि आपगाँईसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले मंगलबार विशेष अदालतमा दायर गरेको मुद्दामा कार्यालयका पूर्वनायब सुब्बा रविन कुमार राजवंशी, कम्प्युटर अपरेटर आकाश मगर र कार्यालय सहयोगी जीवन कुमार दाहाललाई समेत प्रतिवादी बनाइएको छ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालय, झापाका तत्कालीन प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेल र केशव प्रसाद रिजाल, राहदानीवाहक विनोद कुँवर, सिमान्त विश्वकर्मा, गोविन्द प्रसाद ढुंगेल र बलराम महतोसमेत मुद्दामा प्रतिवादी छन्।
वास्तविक जन्ममिति हेरफेर गर्दै उमेर घटाई सरकारी कागजात सच्याई राहदानी जारी गरिदिएको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन् ।