शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रतिनिधि सभा निर्वाचनका लागि ६८ दल दर्ता, निर्वाचन आयोगद्वारा थप दललाई दर्ताका लागि आह्वान

चुनावबारे अब शङ्‍का नगरौँ : सञ्चारमन्त्री

बुधबार, मंसिर १० २०८२

काठमाडौं । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हालसम्म ६८ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मंगलवारसम्म कुल ६८ दलले निर्वाचन प्रयोजनको दर्ता प्रक्रिया पूरा गरिसकेका छन्।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन दलहरूले निर्वाचन आयोगमा दर्ता गराउने समयसीमा आज अन्त्य हुँदैछ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले मंसिर १ गतेदेखि सुरू गरेको दर्ता प्रक्रिया आज (मंसिर १०) अन्तिम दिनमा पुगेको हो।
प्रवक्ता भट्टराईले आयोगमा हाल दर्ता कायम रहेका दलहरूको संख्या १३२ पुगेको जानकारी दिए। प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन इच्छुक दलहरूले मंसिर १० गतेसम्म दर्ता प्रक्रिया पूरा गर्नुपर्ने काठमाडौं। आयोगले यसका लागि समयसीमा तोकेको हो।

उनका अनुसार अझै बाँकी रहेका दलहरूले पनि दर्ता भएर प्रतिस्पर्धामा सहभागी हुने अपेक्षा आयोगको छ।

प्रवक्ता भट्टराईले भने, “मंसिर १० गतेसम्म दल दर्ता गर्ने समय तोकिएको छ। मंगलवारसम्म ६८ दल दर्ता भइसकेका छन्। बुधवार अझै समय बाँकी छ, बाँकी दलहरू पनि दर्ता हुने आयोगको अपेक्षा छ।”

यसैबीच, विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउने विषयमा सरकार र आयोगबीच गम्भीर छलफल जारी रहेको भट्टराईले बताए। विदेशी मतदाता अधिकार सम्बन्धी कानुन बनेपछि मात्र यसको प्रक्रियागत स्पष्टता हुने उनले बताए।

आयोगले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

चुनावबारे अब शङ्‍का नगरौँ : सञ्चारमन्त्री

 यता सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकमा निर्वाचनको पूर्ण वातावरण बनिसकेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री खरेलले प्रतिनिधिसभा निर्वाचनका लागि सबै दलहरु समेत तयार भइसकेको र सरकारले समेत आवश्यक सबै तयारी गरिरहेको अवस्थामा निर्वाचनको पूर्ण वातावरण बनिसकेको बताएका हुन् ।

निर्वाचनको विरोध गर्ने दलसमेत दर्ता भइसकेकाले निर्वाचनमा आशङ्‍का नगर्न उनले आग्रह गरे ।