शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

ज्योति मगरद्वारा बार्बरा फाउण्डेसन र सरकारप्रति व्यंग्यात्मक टिप्पणी

बुधबार, मंसिर १० २०८२

काठमाडौं ।  गायिका ज्योति मगरले वर्तमान सरकार गठन प्रक्रियामा बार्बरा फाउण्डेसनको भूमिका देखिएको भन्दै व्यंग्यात्मक टिप्पणी गरेकी छन्।

उनले सामाजिक सञ्जालमार्फत कटाक्षपूर्ण शैलीमा बार्बरा फाउण्डेसनको सदस्यता लिन चाहेको र ‘देशद्रोह गर्ने’ इच्छा रहेको उल्लेख गर्दै सरकारप्रति असन्तुष्टि प्रकट गरेकी हुन्।

उनले सुदन गुरूङ नेतृत्वको ‘हामी नेपाली’ नामक संस्थालाई पनि आफ्नो व्यंग्यमा समेटेकी छन्।

ज्योति मगरले लेखेकी छन्, “अबको मेरो उद्देश्य अमेरिकन युथ काउन्सिलिङको सदस्यता लिने, बार्बरा फाउण्डेसनसँग सहकार्य गर्ने अनि हामी नेपालको टिमसँग पानी बाँड्न जाने। यति भएपछि मभन्दा राष्ट्रवादी र मभन्दा बलियो नेपाली को हुन सक्छ?”

उनले थप व्यंग्य गर्दै लेखेकी छन् – आफूले पहिले नै यी कुरा थाहा पाएकी भए आज ‘खत्रै नेता वा मन्त्री’ बन्न सक्थिन्। उनले लेखेकी छन्, “बेकारमा संविधान, कानून मान्नुपर्छ भनेर सो–कलबद्ध गायिका भइँ। अब मलाई पनि सदस्यता चाहिएको छ। म देशद्रोह गर्न सिक्दैछु, कानुन मिच्न सिक्दैछु, चाँडै बम बनाएर पड्काउन पनि सिकिहाल्छु।”