बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जनकपुरधाममा भव्य रूपमा सम्पन्न भयो राम–जानकी विवाह पञ्चमी उत्सव

बुधबार, मंसिर १० २०८२

जनकपुरधाम । हिन्दु धर्मावलम्बीहरूको प्रमुख धार्मिक तीर्थस्थल जनकपुरधाममा आज विवाह पञ्चमी पर्व हर्षोल्लासका साथ मनाइएको छ।

मार्गशीर्ष शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने यस पर्वमा त्रेतायुगमा भगवान श्रीराम र माता जानकी (सीता)को दिव्य विवाहको स्मरण गरिँदै विशेष पूजाअर्चना, शोभायात्रा र विविध धार्मिक अनुष्ठानहरू सम्पन्न गरिएका छन्।

बिहानैदेखि जानकी मन्दिर परिसर श्रद्धालु भक्तजनले खचाखच भरिएको थियो। दिनभर चल्ने धार्मिक कार्यक्रममध्ये साँझ रंगभूमि मैदानमा आयोजित राम–जानकी विवाह महोत्सव मुख्य आकर्षण बनेको छ।

परम्परागत मिथिला संस्कृति र विधिअनुसार महन्थ, पुजारी तथा मिथिला क्षेत्रका कलाकारहरूले श्रीराम र सीताको प्रतीकात्मक विवाह सम्पन्न गराएका छन्।