शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज देशभर मुख्यतया मौसम सफा रहने

बुधबार, मंसिर १० २०८२

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।

वर्तमान अवस्थामा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहे पनि बाँकी क्षेत्रहरूको मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ।

आज दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने अनुमान छ भने अन्य सबै प्रदेशमा मौसम साफसुथरो रहनेछ। यस्तै, आज राति देशभर मौसम मुख्यतया सफा रहने मौसमविद्हरूले जानकारी दिएका छन्।