बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

बाढी पहिरोको प्रकोपले पुर्‍याएको क्षतिले साह्रै दुःखी भएको छुः पूर्वराजा ज्ञानेन्द्र

आइतबार, असार २९ २०७६

असार २९, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अविरल वर्षापछि उत्पन्न प्राकृतिक प्रकोप बाढी पहिरो र डुबानबाट भएको क्षतिले आफू दुःखी भएको बताएका छन् ।

उनले प्राकृतिक विपदको घडीमा शोक सन्तप्त पीडित सबै प्रति समवेदना र सहानुभूति रहेको बताएका छन् । उनले विपद व्यवस्थापनको प्रभावकारी कदम चाल्न आवश्यक रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘प्राकृतिक प्रकोप र मानवीय समवेदनाको यो घडीमा तिम्रो र मेरो भन्ने संकीर्ण सोचबाट माथी उठेर सबैले सबैको लोकहितकारी काममा लाग्नु पर्दछ भन्ने मेरो हार्दिक आग्रह छ।’