शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय समिति १५१ सदस्यीय हुने

आइतबार, मंसिर ७ २०८२

काठमाडौं । आज प्रगतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय समिति १५१ सदस्यीय हुने भएको छ। नेता सुदन किराँतीका अनुसार केन्द्रीय सदस्यको संख्या तत्काल १५१ कायम गर्ने सहमति जुटिसकेको छ।

किराँतीले जानकारी दिएअनुसार अध्यक्ष मण्डल वा परिषदको स्वरूपमा क्लस्टर आधारमा ५–६ जनाको नेतृत्व घोषणा गरिनेछ, जसले कार्यकारी जिम्मेवारी निर्वाह गर्नेछ। केन्द्रीय समिति चयन गर्दा पूर्वपार्टीको आधारमा भागबन्डा नगर्ने र शीर्ष नेताहरू कार्यकारी जिम्मेवारीमा नभए पनि समितिमा समावेश हुनेछन्।

पार्टीको चुनाव चिह्न “आँखा र झन्डा” राखिनेमा करिब सहमति जुटिसकेको छ। पार्टीको मार्गनिर्देशक सिद्धान्त प्रगतिशील समाजवाद रहने जनाइएको छ।

यसैबीच, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारबीच आज पार्टी एकता घोषणा हुँदैछ।