चितवन । चितवनमा गएराति बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार बा १८ च ८९७३ नम्बरको बोलेरो कालिका नगरपालिका–११, सिद्धि कल्याणचौर नजिक राति करिब १०ः३० बजे अनियन्त्रित भई १५० मिटर तल खसेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका चालक, खैरहनी नगरपालिका–४ का राममणि न्यौपानेलाई उपचारका लागि भरतपुर अस्पताल पुर्याइएको थियो। तर अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनाको बेला बोलेरोमा चालक न्यौपाने मात्र सवार रहेको जनाइएको छ।