शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कस्ताे रहला आज देशभरकाे माैसम ?

आइतबार, मंसिर ७ २०८२

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय नभएको जानकारी दिएको छ।

विभागका अनुसार कोशी तथा गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागमा आंशिक बदली देखिए पनि देशका बाँकी भेगमा मौसम मुख्यतया सफा रहेको छ।

विभागले दिएको विवरणअनुसार आज दिउँसो कोशी र गण्डकीका उच्च भू–भागमा आंशिक बदली रहनेछ भने अन्य प्रदेशमा आकाश खुला रहनेछ।

आज राति पनि यिनै दुई प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमै आंशिक बदली रहने अनुमान गरिएको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफै रहने विभागले जनाएको छ।