बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेसनल भोलेन्टियर फोर्स घोषणा अघि, बानेश्वरमा एमालेनिकट युवाहरूकाे मार्चपास

शुक्रबार, मंसिर ५ २०८२

काठमाडौँ । नेकपा एमालेले पार्टीमा नीति र नेतृत्वको सुरक्षा सुनिश्चित गर्न ‘नेसनल भोलेन्टियर फोर्स’ (एनभीएफ) घोषणा गर्न लागेको छ। फोर्स घोषणा हुनुअघि एमालेनिकट युवाहरू मार्चपासका लागि बानेश्वर क्षेत्रतर्फ अघि बढेका छन्।

माइतीघर मण्डलामा भेला हुने तयारी रहेका युवाहरू त्यहाँ जेएनजी घाइतेहरूले अवरोध गर्ने योजनासहित धर्ना बसेपछि बबरमहलमा भेला भएर बानेश्वरतर्फ अघि बढेका हुन्। र्‍यालीको नेतृत्व मधेश बस्नेत र युवा संघका अध्यक्ष क्षितिज थेबेलले गरेका छन्।

स्थिति तनावपूर्ण हुन नदिन त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित गरिएको छ ।

बबरमहलको कार्की व्यांक्वेटमा अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रूपमा फोर्स घोषणा गर्ने कार्यक्रम तय गरिएको छ।

एमालेका अनुसार राज्यले अध्यक्ष ओलीसहित नेताहरूको सुरक्षाकर्मी फिर्ता लगाएपछि पार्टीको सुरक्षा आवश्यकता बढेको छ। भदौ २३–२४ को घटनापछि समाजमा बढेको असुरक्षा, अशान्ति र आम मानिसको खस्किएको मनोबल उठाउनका लागि एनभीएफको घोषणा आवश्यक देखिएको एमालेले जनाएको छ।