बर्दिया । बर्दियामा मोटरसाइकल दुर्घटनामा परी सपना सूनवार (भजनी नगरपालिका–१, कैलाली) को मृत्यु भएको छ भने उनका श्रीमान ३६ वर्षीय अच्चल सूनार र ५ वर्षिया छोरी कृष्णा सूनार गम्भिर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक देवेन्द्र कुमार मल्लका अनुसार नेपालगन्जबाट कैलाली तर्फ जाँदै गरेको मोटरसाइकल बर्दियाको गुलरिया नगरपालिका–११, नेपालगन्ज सडक खण्डमा गोरुगाडासँग ठोक्किँदा दुर्घटना भएको हो।
घाइते दुवै जनालाई नेपालगन्जस्थित अस्पतालमा उपचार भइरहेको छ।दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।