झापा । झापा जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका भारत पश्चिम बङ्गाल, दार्जिलिङ निवासी कर्णबहादुर लिम्बूको मृत्यु भएको छ।
उच्च रक्तचापका बिरामी रहेका लिम्बूको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको जिल्ला कारागारले जनाएको छ।
कारागार प्रशासनका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप विवरण संकलन भइरहेको छ।