पाल्पा । दाङबाट शैक्षिक भ्रमणका लागि रानीमहल जाँदै गरेका विद्यार्थी बोकेको बस आज बिहान पाल्पामा दुर्घटनामा पर्दा ११ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार सबै घाइतेलाई तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार गराइएको छ।
प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको र थप जोखिम नभएको पुष्टि गरिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।