काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौं २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले मुख्यसचिव एकनारायण अर्यालसँग बयान लिएको छ।
आयोगको कार्यालयमा बोलाइएका अर्यालसँग बिहीबार विस्तृत बयान लिइएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए ।
प्रवक्ता शर्माका अनुसार बयान आन्दोलनका प्रमुख घटनाक्रम, सरकारी प्रशासनको भूमिका तथा निर्णय प्रक्रियासम्बन्धी विषयमा केन्द्रित थियो।
मुख्यसचिव अर्याल यही सातैदेखि अवकाश हुने भएकाले पदमा रहँदै बयान लिइएको आयोगले जनाएको छ। आयोगका पदाधिकारीकाअनुसार अवकाशपछि बयान लिँदा सकारात्मक सन्देश नजान सक्ने भएकाले आवश्यक प्रक्रिया यसअघि नै पूरा गरिएको हो।