बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिमरामा आज पनि तनाब, फेरि लगाइयो कर्फ्यू

बिहिबार, मंसिर ४ २०८२

बारा  । बाराको सिमरामा बुधबारको घटनापछि आज (बिहीबार) पनि तनाब कायमै रहेको छ। बिहानैदेखि जेन–जी समूह र प्रहरीले आमनेसामने भएपछि परिस्थिति फेरि तनावग्रस्त बनेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए।

मिश्रका अनुसार जेन–जी समूहले राजमार्ग अवरुद्ध गरेपछि त्यसलाई खुलाउन पुगेको प्रहरीसँग झडप भएको थियो। स्थिति नियन्त्रणभन्दा बाहिर जाने सम्भावना देखिएपछि स्थानीय प्रशासनले सीमित क्षेत्र लक्षित गर्दै कर्फ्यू आदेश जारी गरेको छ। उहाँका अनुसार, “बुधबारको तुलनामा आज कर्फ्यू सीमित क्षेत्रमा मात्र लागू गरिएको हो।”

बुधबार एमाले बाराले आयोजना गरेको मधेश प्रदेशस्तरीय जनजागरण सभालाई सम्बोधन गर्न सिमरा जाँदै गरेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई जेन–जी समूहले रोक्न खोजेपछि स्थिति बिग्रिएको थियो। विरोध चर्किएपछि दुवै नेता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्कनुपरेको थियो।

तनाव बढेपछि बुधबार पनि विमानस्थल आसपासका क्षेत्रमा कर्फ्यू जारी गरिएको थियो।