शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बारा सिमरामा युवाहरुको आज पनि प्रदर्शन

बिहिबार, मंसिर ४ २०८२

बारा । नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहका युवाबीच बुधबार भएको झडपका कारण सिमरा क्षेत्रमा अशान्ति सिर्जना भएको छ।

झडपको तत्कालीन सहमतिपछि प्रहरीले स्थिति नियन्त्रणमा लिएको भए पनि बिहीबार बिहानैदेखि विरोध प्रदर्शन गर्दै युवाहरू पुनः सडकमा निस्किएका छन्।

स्थानीय प्रशासन र प्रहरीले प्रयास गर्दा पनि सडक सञ्चालन र क्षेत्रमा तनाव देखिएको छ।

स्थानीय जनजीवन प्रभावित भएको र प्रशासनले शान्ति कायम राख्न थप निगरानी बढाएको जनाइएको छ।