काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार अब बैठक मंसिर ६ गते शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने भएको छ।
पौडेलले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको जानकारी दिए।
