शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बसले स्कुटरलाई ठक्कर दिँदा २६ वर्षीय युवकको मृत्यु

बिहिबार, मंसिर ४ २०८२

काठमाडौँ । पूर्व–पश्चिम महेन्द्रराजमार्गअन्तर्गत अरुणखोला नजिक एक यात्रुवाहक बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी मधु नेपालका अनुसार दुर्घटनामा स्कुटर चालक धादिङको नीलकण्ठ नगरपालिका–५ निवासी २६ वर्षीय शिवजी वस्ती उपचारको क्रममा आज बिहान मध्यबिन्दु अस्पतालमा निधन भएको हो। मृतकको शव हाल अस्पतालमै राखिएको छ।

स्कुटरको पछाडि सवार उदयपुरको गाईघाट निवासी २१ वर्षकी निरु शाह घाइते भएकी छन्। ठक्कर दिने बसका चालकलाई नियन्त्रणमा लिइएको छ र प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको छ।