काठमाडौँ । ‘द काउन्सिल अफ जेन–जी’ का संस्थापक तथा हामी नेपालका संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई कटाक्ष गर्दै जेन–जी आन्दोलनले फेरि ठूलो जनआन्दोलनको ज्वालामुखी उठाउन सक्ने चेतावनी दिएका छन्।
मध्यरातमा सामाजिक सञ्जालमार्फत विचार सार्वजनिक गर्दै गुरुङले सिमरामामा भएको घटनालाई गृहमन्त्रीको अक्षमता र उदासीनताको परिणाम भएको दाबी गरे। शान्तिपूर्ण आन्दोलनमा नेकपा (एमाले) निकट समूहका ‘गुण्डा’ प्रवेश गराई जेन–जी कार्यकर्तामाथि अपमान र कुटपिट भएको आरोप उनले लगाएका छन्।