शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

देवघाटधाममा शतबीज छर्न भक्तजनको ठूलो भीड

बुधबार, मंसिर ३ २०८२

 तनहुँ । पितृउद्धार र दिवंगत आत्माको शान्तिको कामना गर्दै देवघाटधाममा आज शतबीज छर्न भक्तजनको ठूलो घुइँचो लागेको छ । मङ्गलबार राति पितृका नाममा दीप प्रज्वलन गरी जागरण बसेका श्रद्धालुहरूले आज बिहान शतबीज छर्ने विधि सम्पन्न गरेका हुन् ।

देवघाटमा गोरखा, लमजुङ, नवलपुर, चितवन, बुटवल, काठमाडौँलगायतका स्थानबाट भक्तजनहरू पितृमोक्षका लागि आएको स्थानीय टिकाराम पनेरुले बताए । उनका अनुसार शतबीज छर्दा मृतकले जीवनकालमा गरेका पाप नाश हुन्छन् भन्ने जनविश्वास रहेको छ ।

प्रत्येक वर्ष मङ्सिर कृष्ण चतुर्दशीका दिन जौं, धान, कालो तिल, गहुँ, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रूपमा छर्ने परम्परा रहेको छ ।