काठमाडौं । विवादित मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईं नेपाल प्रहरीले पक्राउ गरेको छ। उनका समर्थक संगठन नागरिक बचाउ पार्टीले पक्राउको विरोधमा आजैदेखि देशव्यापी सडक संघर्ष गर्ने घोषणा गरेको छ।
सोमबार मात्र पत्रकार सम्मेलन गर्दै मंसिर ७ गते देशभर आन्दोलन गर्ने तयारी रहेको बताएकी प्रसाईंलाई शान्ति सुरक्षामा खलल पु¥याएको आरोपमा भक्तपुरको ठिमीस्थित निवासबाट पक्राउ गरिएको हो। हाल उनी जिल्ला प्रहरी परिसर काठमाडौंको भद्रकालीस्थित कार्यालयमा रहेका छन्।
प्रसाईं र उनका समर्थकहरूले मंसिर ७ गते काठमाडौंबाट ‘गणतन्त्र र भ्रष्टाचारको विकल्पमा’ आन्दोलन गर्ने घोषणा गरिसकेका थिए।
नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङका अनुसार, “मंसिर ७ को लागि पर्खिनु पर्दैन, आजैबाट देशव्यापी आन्दोलन सुरु गर्ने तयारी छ। सरकारले प्रसाईंलाई अपहरण शैलीमा पक्राउ गरेर शान्ति भंग गरेको छ।”