बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

आज प्रधानमन्त्री कार्कीले नागरिक समाजका अगुवासँग आगामी निर्वाचनबारे छलफल गर्ने

सोमबार, मंसिर १ २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की आज नागरिक समाजका अगुवा प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्ने भएका छन्। दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री आगामी निर्वाचनबारे छलफल गर्न लागेका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, राजनीतिक दलहरू अझै चुनावमा जानेबारे अनिश्चितता देखाइरहेका बेला प्रधानमन्त्रीले नागरिक अगुवासँग छलफल गर्न लागेको हो।

प्रधानमन्त्री कार्कीले यसअघि पनि विभिन्न राजनीतिक दलका नेता, प्रदेश तथा स्थानीय तहका प्रमुख र जेने–जी अगुवासँग छलफल गरिसकेकी छन्। आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन तय छ र निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ।