शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मधेस प्रदेश सरकारविरुद्ध सात दलको आन्दोलन जारी

आइतबार, कार्तिक ३० २०८२

जनकपुरधाम । मधेस प्रदेशको सरकार असंवैधानिक रूपमा गठन भएको भन्दै सात राजनीतिक दलले आइतवार पनि मधेस भवनअगाडि आन्दोलनलाई निरन्तरता दिएका छन्। आन्दोलनकारीहरूले मुख्यमन्त्रीको बर्खास्तीको माग गर्दै धर्ना बसेका थिए।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य भरत साहले भने, “हाम्रो विरोध तत्कालिन प्रदेश प्रमुखको असंवैधानिक कदमविरुद्ध हो। सर्वोच्च अदालतले मुख्यमन्त्री नियुक्तिको विषयमा गर्ने फैसला मधेसी जनताको पक्षमा हुनेछ भन्ने विश्वास छ।”

नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले पनि सर्वोच्चको फैसलालाई सम्मान गर्ने बताए र त्यसपछि सात दलको गठबन्धनले आन्दोलनको स्वरूपबारे छलफल गर्ने जानकारी दिए।

सात दलिय गठबन्धनमा नेपाली काँग्रेस, जसपा, नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टी रहेका छन्। आन्दोलनमा सहभागीहरूले राष्ट्रिय झण्डा बोकेर धर्ना बसेका थिए।