शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नयाँ दल दर्ताका लागि आज अन्तिम दिन

आइतबार, कार्तिक ३० २०८२

काठमाडौं । नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगले तोकेको समय आज सकिँदैछ।

फागुन २१ गतेका प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आयोगले कार्तिक मसान्तसम्म नयाँ दल दर्ता गर्न अनुमति दिएको थियो।

निर्वाचन आयोगमा दर्ता भएका दलहरूले आगामी निर्वाचनका लागि पुनः दल दर्ता गर्नुपर्नेछ। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंसिर १० सम्म, र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंसिर ७ गतेसम्म दल दर्ता गर्न आयोगले आह्वान गरेको छ।