बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आगलागीले ध्वस्त भयाे शान्ताको अचार पसल, कसले लगायो आगो ?

आइतबार, कार्तिक ३० २०८२

काठमाडौं । नेकपा (एमाले) नेतृ शान्ता चौधरीको सुर्खेतस्थित अचार पसलमा आइतबार बिहान आगजनी भएको छ। वीरेन्द्रनगरमा शुक्रबार मात्र नयाँ शाखा उद्घाटन गरिएको थियो।

आगो लागेर पसल पूर्ण रूपमा नष्ट भएको बताइएको छ। घटनापछि नेतृ चौधरीले सामाजिक सञ्जालमार्फत दोषीलाई छिटो पहिचान गरी कारबाही गर्न प्रहरीसँग माग गरेकी छन्।

‘जिन्दगीका हरेक प्रयासमा आगो नै लाग्छ मलाई। सुर्खेतस्थित शान्ताको अचार आउटलेटमा कसले आगो लगायो, तत्काल पत्ता लगाई आवश्यक कारबाही होस्,’ उनले फेसबुकमा लेखेकी छन्।