शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

स्वास्थ्य उपचारपछि सिंगापुरबाट फर्किए देउवा दम्पति

शनिबार, कार्तिक २९ २०८२

काठमाडौं । स्वास्थ्य उपचारका लागि सिंगापुर गएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र श्रीमती आरजु राणा देउवा शुक्रबार स्वदेश फर्किएका छन्। उनीहरु कात्तिक १० गते उपचारका लागि सिंगापुर पुगेका थिए।

गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीबाट कुटपिटमा परेर देउवा दम्पती घाइते भएका थिए। नेपालमा प्रारम्भिक उपचार गराएपछि उनीहरू असोज २४ गते सार्वजनिक भएका थिए।

त्यसपछि देउवाले कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा भाग लिएर कार्यवाहक जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पी थप उपचारका लागि विदेश गएका थिए।

नेपाली कांग्रेसको महाधिवेशन नियमित गर्ने कि विशेष आह्वान गर्ने, तथा निर्वाचनअघि कि पछि गर्ने भन्ने विषयमा पार्टी केन्द्रीय कार्यसमिति अलमलमा छ। लगातार बैठक बसे पनि विभिन्न प्रस्तावका कारण निर्णयमा एकमत हुन नसकेको नेताहरू बताउँछन्।

देउवाको स्वदेश आगमनसँगै अब मंसिर १ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकले ठोस निर्णय गर्ने अपेक्षा गरिएको छ।