शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमालेले आज ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दै

शनिबार, कार्तिक २९ २०८२

काठमाडौँ । नेकपा (एमाले)ले प्रतिनिधि सभा विघटनलाई प्रतिगामी कदम भन्दै आज देशका सबै ७७ जिल्लामा जनप्रदर्शन तथा जनसभा सञ्चालन गर्दैछ। प्रतिनिधि सभा पुनर्स्थापनाको माग, भदौ २३ र २४ मा भएका आपराधिक घटनाको निष्पक्ष छानबिन, तथा तोडफोड, लुटपाट र आगजनीमा संलग्न व्यक्तिमाथि कारबाहीको मागसहित एमालेले देशव्यापी कार्यक्रम गरेको हो।

यसअघि कार्तिक २५ गते पनि एमालेले देशभरका स्थानीय तहमा प्रदर्शन र सभा गरेको थियो। पार्टीले मङ्सिर ६ गते काठमाडौँमा विशाल जनसभा आयोजना गर्ने घोषणा गरेको छ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जनसभामा व्यापक जनसहभागिता जुटाउन केन्द्रीय सदस्यहरु जिल्लामा खटिएका छन् । ‘पार्टीले सबै जिल्ला इन्चार्जलाई जिम्मेवारी क्षेत्रमा खटाएको छ । ‘आजको सभाबाट हामी एमाले देशैभर अहिले पनि लोकप्रिय शक्ति हो भनेर स्थापित गराउछौँ,’ गौतमले भने ।

एमालेले जनपरिचालनका कार्यक्रम चार चरणमा सञ्चालन गरिरहेको छ । पहिलो चरणमा कात्तिक २२ गते देशैभर वडा भेला भएका छन् । कात्तिक २५ गते अधिकांश पालिकामा जनप्रदर्शन तथा र्याली गरिएको छ ।

तेस्रो चरणको कार्यक्रम अन्तर्गत आज सबै जिल्लामा जनसभा हुँदैछ । मंसिर ६ गते काठमाडौँमा विशाल जनसभा गरेर समापन गरिने गौतमले जानकारी दिए ।