बुटवल । सहकारी ठगी र संगठित अपराध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालत, तुलसीपुरको बुटवल इजलासमा आज पेशी तोकिएको छ।
उच्च अदालतको दैनिक पेशी सूची अनुसार, न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा लामिछानेको मुद्दासँगै छविराज जोशीको मुद्दा पनि राखिएको छ।
गत साता उच्च अदालतले लामिछानेको मूल मुद्दाको प्रतिलिपि झिकाउन आदेश दिएको थियो। प्रतिलिपि प्राप्त भएपछि आजको पेशी तोकिएको अदालतले जनाएको छ।
पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले आफ्नो भागको बिगो रकम दाखिला गरी रिहा गर्न निवेदन दिएका थिए। तर, जिल्ला अदालत, रुपन्देहीले गत साउन २६ गते न्यायाधीश नारायण सापकोटाको इजलासमा उक्त निवेदन अस्वीकार गरेको थियो।