बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

भागेका कैदीबन्दी र लुटिएका हतियार नियन्त्रणका लागि सहयाेग गर्न भारतसँग आग्रह

बिहिबार, कार्तिक २७ २०८२

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘जेन–जी’ आन्दोलनका क्रममा जेल फोडेर भागेका कैदीबन्दी र प्रहरी ब्यारेक तथा कार्यालयबाट लुटिएका हतियारहरूको नियन्त्रणमा सहयोगका लागि भारतसँग आग्रह गरेका छन् ।

नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा भाग लिन दिल्ली पुगेका महानिरीक्षक अर्यालले भागेका कैदीबन्दी र लुटिएका हतियारले सुरक्षामा थप चुनौती सिर्जना गरेको भन्दै यसलाई नियन्त्रण गर्न भारतीय पक्षसँग अनुरोध गरेका हुन् ।

अर्याल नेतृत्वको आठ सदस्यीय उच्चस्तरीय टोली मंगलबार दिल्ली प्रस्थान गरेको थियो। बैठकको दोस्रो दिन बुधबार उनले भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशक सञ्जय सिंघलसँगको भेटमा उक्त विषय उठाएका हुन् ।

स्रोतका अनुसार, एसएसबीका महानिर्देशक सिंघलले दुवै देशका लागि सुरक्षा चुनौती थपिएको भन्दै नियन्त्रणमा सहयोग गर्ने वचन दिएका छन्।

यादीलाग्ने तथ्य अनुसार, २४ भदौमा देशभरका २८ कारागार र सुधारगृहबाट १४,०४३ कैदीबन्दी जेल फोडेर फरार भएका थिए, जसमा अझै पाँच हजार बढी पक्राउ परेका छैनन्।