शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रिक्त महाप्रबन्धक नियुक्तिका लागी नेपाल वायु सेवा निगमद्धारा दरखास्त आह्वान

बिहिबार, कार्तिक २७ २०८२

काठमाडौँ । रिक्त महाप्रबन्धकमा नियुक्तिका लागी नेपाल वायु सेवा निगमद्धारा दरखास्त आह्वान गरिएको छ ।

आज एक सूचना प्रकाशित गर्दै निगमले योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले पन्ध्र दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबार, काठमाडौँमा आवेदन दिन सक्ने उल्लेख गरेको छ ।

निगममा महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न प्रधानमन्त्री कार्कीले सचिव मैनालीकै संयोजकत्वमा गत कात्तिक १४ गते छनोट समिति गठन गरेकी थिइन् । उक्त समितिमा क्याप्टेन केबी लिम्बू विज्ञ सदस्य र मन्त्रालयकै योजना तथा प्रशासन महाशाखा प्रमुख रहने सहसचिव सदस्यसचिव छन् ।