बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न पाँच जना पक्राउ

बिहिबार, कार्तिक २७ २०८२

बागमती । हेटौँडामा जारी जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनी घटनामा संलग्न भएको आरोपमा पाँच जना पक्राउ परेका छन्।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) पुष्कर बोगटीका अनुसार,बागमती प्रदेशसभा सचिवालय भवन र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा तोडफोड तथा आगजनी गरेको अभियोगमासर्लाहीको बरथवा नगरपालिका–१ का २७ वर्षीय पुनम ठाकुर, २७ वर्षीय प्रमोद महतो, रहेटौँडा उपमहानगरपालिका–८ का ४३ वर्षीय सागर घताने (रोमबहादुर घताने) लाई पक्राउ गरिएको हो।

त्यस्तै, हेटौँडा उपमहानगरपालिका–११, नवलपुरस्थित सुशील पौडेलको घरमा आगजनी गरेको आरोपमा सोही स्थानका
३६ वर्षीय सुजन अधिकारी र ३५ वर्षीय सुरेन्द्र मगरलाई समेत प्रहरीले पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका पाँचै जनालाई मकवानपुर जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।