शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

लैनचौरस्थित स्काउटको जग्गामा दीपक खड्काले बनाएका संरचना महानगरले भत्कायो

बिहिबार, कार्तिक २७ २०८२

काठमाडौं । काठमाडौंको लैनचौरस्थित नेपाल स्काउटको जग्गामा पूर्व ऊर्जामन्त्री दीपक खड्काले निर्माण गरेका संरचना काठमाडौं महानगरपालिकाले डोजर लगाएर भत्काएको छ।

बिहानै महानगर प्रहरी टोली डोजरसहित पुगेर सो स्थानमा बनेका अनधिकृत संरचना भत्काएको हो।

कांग्रेस नेता खड्काले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको जग्गा भाडामा लिएर प्रयोग गर्दै आएका थिए। तर लामो समयदेखि भाडा नतिरेको कारण स्काउटले गत २० कात्तिकमा सूचना जारी गर्दै सात दिनभित्र भाडा चुक्ता गर्न म्याद दिएको थियो।

उक्त म्याद आज सकिएपछि स्काउटले चेतावनीअनुसार कारबाही अघि बढाएको हो।

स्काउटले यसअघि नै सार्वजनिक सूचना जारी गर्दै भाडा तिरेर नआएमा आफ्नो जग्गामा बनेका सम्पूर्ण भवन तथा सामग्री जफत गर्ने र त्यसबाट पनि असुल नभए खड्काको जायजेथाबाट भाडा असुल गर्ने चेतावनी दिएको थियो।