काठमाडौं ।नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठक आज पनि बस्दैछ । तिहार अघिबाट शुरु भएको केन्द्रिय समिति बैठक अझैसम्म जारी छ । विशेष महाधिवेशन वा नियमित महाधिवेशनको निर्णय हुन नसक्दा नेताहरु विभाजित छन् ।
कसैले निर्वाचनअघि नै पार्टीको महाधिवेशन गर्नुपर्ने माग उठाइरहेका छन् भने कतिले निर्वाचनपछि मात्रै पार्टीको महाधिवेशन हुनुपर्ने माग राखेका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा उपचारका लागि देश बाहिर रहँदा पार्टीको कार्य सम्पादन र निर्णय निकाल्न नेताहरुलाई समस्या परिरहेको छ ।
नेताहरुले संसद पुनःस्थापना, निर्वाचनमा जानुपर्ने, महाधिवेशन निर्वाचनअघि गर्नुपर्ने लगायतका मागहरु राखिरहेका छन् ।