शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सामुदायिक विद्यालयका जग्गा विवरण माग्न शिक्षा मन्त्रालयको निर्देशन

बुधबार, कार्तिक २६ २०८२

काठमाडौँ  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालय र सिकाइ केन्द्रका नाममा रहेका जग्गा तथा तिनको भोगचलन अवस्थाबारे विवरण मागेको छ।

मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत प्रत्येक विद्यालय र सिकाइ केन्द्रका जग्गाको स्वामित्व, प्रयोग स्थिति र उत्पन्न भएका विवाद वा समस्या सम्बन्धी विवरण माग गरेको हो।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनका अनुसार विभिन्न जिल्लाबाट विद्यालयका जग्गा हिनामिना भएको सूचना प्राप्त भएपछि मन्त्रालयले देशव्यापी रूपमा यस्ता जग्गाको तथ्यांक संकलन गर्ने निर्णय गरेको हो।

हाल देशभर कूल ३५ हजार ४ सय ४७ विद्यालयमध्ये करिब ७३ प्रतिशत सामुदायिक विद्यालय रहेको मन्त्रालयले जनाएको छ।