शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सरकार र दुर्गा प्रसाईं समूहबीच वार्ता, गएनन् प्रसाईं

बुधबार, कार्तिक २६ २०८२

काठमाडौँ । सरकार र दुर्गा प्रसाईं समूहबीच आज गृह मन्त्रालयमा वार्ता हुँदैछ।

वार्तामा दुर्गा प्रसाईं स्वयं सहभागी नहुने भए पनि उनको समूहबाट माधव प्रसाद खतिवडा, देवी प्रसाद संग्रौला, प्रेमकुमार थाम्सुहाङ, प्रेम थापामगर, तिजेन्द्र प्रसाद रायमाझी, मकबुल साहलगायत प्रतिनिधिहरू सहभागी छन्।

साथै, नागरिक बचाउ महाअभियानले मंसिर ७ गतेबाट गर्ने घोषणा गरेको आन्दोलनसम्बन्धी विषयमा वार्ता भइरहेको छ। अभियानको टोलीलाई केन्द्रीय प्रवक्ता माधव कल्पितको नेतृत्वमा मन्त्रालयमा पठाइएको छ।