काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशनको माग गर्दै भएको प्रतिनिधिहरूको हस्ताक्षर प्रमाणीकरण प्रक्रियाले पार्टीमा विभाजनको अवस्था सिर्जना गर्न सक्ने चेतावनी दिएका छन् ।
आज केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै डा. कोइरालाले भने, “विशेष महाधिवेशनको माग गर्नेहरूको हस्ताक्षर प्रमाणीकरण सुरु गरेको दिनदेखि नै विभाजनको मनोविज्ञान उत्पन्न हुन्छ। यदि ४० प्रतिशत मात्रै पुगेर महाधिवेशन सम्पन्न भयो भने पनि बाँकी ६० प्रतिशत विभाजित हुने सम्भावना रहन्छ।”
उनले पार्टीभित्रको विवाद समाधान गर्न आफ्नो समन्वयकारी भूमिका रहने बताए। कांग्रेसमा मध्यमार्गी भूमिका निर्वाह गर्नेहरूले मात्रै अन्ततः सफलता पाउने उनको धारणा छ।
डा. कोइरालाले नियमित महाधिवेशन हुन नसक्ने अवस्थामा विशेष महाधिवेशन बाध्यात्मक विकल्प बन्ने पनि उल्लेख गरे । पार्टी विभाजनको दिशामा जान नदिन आफूले मध्यमार्गि भुमिका खेलिरहेको नेता कोईरालको भनाइ छ ।