काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १२ जना उपसचिव र २१ जना शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले कात्तिक २५ गतेको सचिवस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरेको हो ।
सरुवा हुने उपसचिवहरूमा – भिमकान्त पौडेल, विवेक घिमिरे, खेमराज खत्री, रोमबहादुर महत, पुनाराम पौडेल, विनय कुमार श्रीवास्तव, डिकबहादुर कार्की, सुरेन्द्र प्रधान, अमर बहादुर ओली, दिनेशराज पन्त, मुकुन्द शर्मा र डिल्लीराज श्रेष्ठ रहेका छन् ।
त्यस्तै, शाखा अधिकृतहरूमा प्रमोद कुमार चौधरी, तेजेन्द्र गौतम, भीमबहादुर शाहीलगायत २१ जना समावेश छन् ।
मन्त्रालयका अनुसार, नियमित प्रशासनिक व्यवस्थापन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरुवा गरिएको हो ।



