शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

चितवनमा जिप दुर्घटनामा एक वृद्धको मृत्यु, दुई घाइते

बुधबार, कार्तिक २६ २०८२

चितवन  । मङ्गलबार साँझ चितवनको इच्छाकामना गाउँपालिका–२ हपनीमा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालका अनुसार, फिस्लिङबाट हपनीतर्फ गइरहेको जिप दुर्घटनामा हपनी निवासी ८० वर्षीय वीरबहादुर प्रजाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा सोही स्थानका कर्णबहादुर प्रजा र विष्णु प्रजा घाइते भएका छन् । घाइते दुबै जनालाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

जिपमा चालकसहित चार जना सवार रहेका थिए । जिप चालक विकास प्रजालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।