काठमाडौं। जेन–जी मुभमेन्टले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ।
मुभमेन्टका अनुसार घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालको मिलेमतोमा भारतको कम्पनी ‘पीटीसी इण्डिया’सँग गैरकानूनी विद्युत् खरिद सम्झौता भएको र यसबाट ४३ करोड रुपैयाँ बराबरको नोक्सानी भएको दाबी गरिएको छ।
जेन–जी मुभमेन्ट नेपालका प्रवक्ता विजय साहले आज जारी गरेको विज्ञप्तिमा सो सम्झौता विद्युत् नियमन आयोगको स्वीकृति बिना गरिएको, जसले “देशको आर्थिक स्वाधीनतामाथि खुलेआम प्रहार गरेको” उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ,“ऊर्जामन्त्री कुलमान घिसिङ र प्राधिकरणका प्रमुख मनोज सिलवालले राष्ट्रघाती, गैरकानूनी र स्वार्थपूर्ण ढंगले सम्झौता गरेर देशको सम्पत्ति विदेशी कम्पनीको हातमा सुम्पिएका छन्।”
जेन–जी मुभमेन्टले अघि सारेका प्रमुख मागहरू यस्ता छन् –